बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइन अति महत्वपूर्ण : कुलमान घिसिङ
रुपन्देही, भदाै २० : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना उक्त क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको...
रुपन्देही, भदाै २० : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना उक्त क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको बताएका छन्।
बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन रुपन्देहीको मैनहियामा आज उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै उनले अब बुटवल क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने उल्लेख गरे।
प्राधिकरणले अहिले मनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माण गरिरहेकाले उक्त काम सम्पन्न भएपछि बढी भएको बिजुली भारतमा बिक्री गर्न सकिने उनको भनाइ छ।
अहिले मुलुकले विद्युत् व्यापारबाट मासिक दुई अर्ब भारतीय रुपैयाँ आम्दानी गरिरहेको भन्दै घिसिङले नेपालको विद्युत् दक्षिण एशियामै सस्तो रहेको दाबी गर्नुभयो। कार्यक्रमका अवसरमा १३२÷३३÷११ केभिएको मैनहिया सबस्टेशनको पनि ऊर्जामन्त्री भुसालले उद्घाटन गरेकी थिइन्।
नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो।
प्रसारण लाइनको निर्माणसँगै करिब दुईसय मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ। सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर र ३३÷११ केभी, १६ एमभिए पावर ट्रान्सफर्मर रहेका छन्।
आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले अब भैरहवा क्षेत्रको विद्युत् समस्या हटेको बताए। स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने र त्यसमध्ये चार वटा फिडरको लाइन तानिएको बताए।








![श्रावण अन्तिम सोमबार गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786339914.jpg)

-ink-1740145571.jpeg)
