पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा थुनामा रहेका सुरुक्षागार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन
पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा थुनामा रहेका गुरुङलाई प्रक्रिया पुर्याएर रिहा गर्न गृहमन्त्री खाणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई निर्देशन दिएका हुन् ।
काठमाडौं, भदौ २० : गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेको सुरक्षागार्ड शेरजंग गुरुङलाई रिहा गर्न निर्देशन दिएका छन् ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा थुनामा रहेका गुरुङलाई प्रक्रिया पुर्याएर रिहा गर्न गृहमन्त्री खाणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई निर्देशन दिएका हुन् ।
ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसमा बायोमेट्रिकका लागि पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो । मन्त्री श्रेष्ठले आफूमाथि सुरक्षागार्डले दुर्व्यवहार गरेको भन्दै पिएसओमार्फत उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर प्रहरीले गुरुङमाथि अनुसन्धान थालेको थियो । नियमको पालना गराउन खोज्दा मन्त्रीले आफ्नो शक्तिको दुरुपयोग गरेर सुरुक्षा गार्डलाई थुनेको भन्दै पर्यटनमन्त्री श्रेष्ठको चर्को आलोचना भइरहेको छ । पक्राउ परेका गुरुङ अहिले दरबारमार्ग प्रहरीको हिरासतमा छन् ।








![श्रावण अन्तिम सोमबार गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786339914.jpg)

-ink-1740145571.jpeg)
