सूर्य थापा प्युठानबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस
काठमाडौं, भदौ २० : नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापा प्युठानबाट प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भएका छन् । क्षेत्रीय समितिले प्रत्यक्षतर्फको...
काठमाडौं, भदौ २० : नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापा प्युठानबाट प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भएका छन् । क्षेत्रीय समितिले प्रत्यक्षतर्फको उम्मेदवारको रुपमा थापालाई सर्वसम्मत सिफारिस गरेको हो ।
एमालेले थापालाई पहिलोपटक प्रत्यक्ष निर्वाचनमा उठाउने तयारी गरेको हो । प्युठानबाट प्रदेश सभा सदस्यका लागि सर्वसम्मत रुपमा नाम सिफारिस गरेको छ । प्रदेश (क) मा पार्टीको लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा र (ख) मा पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सहइन्चार्ज हरिप्रसाद रिजाललाई सिफारिस गरिएको एमाले प्युठानका सचिव माधव पौडेलले जानकारी दिए ।
प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका थापा यसअघि केपी ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए । उनी पत्रकारिता पृष्ठभूमिबाट एमालेको राजनीतिमा आएका हुन् ।








![श्रावण अन्तिम सोमबार गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786339914.jpg)

-ink-1740145571.jpeg)
