Kathmandu Press

काठमाडौंं–७ मा कांग्रेसबाट डा थपलियासहित ८ जना सिफारिस 

काठमाडौंं–७ मा कांग्रेसबाट डा थपलियासहित ८ जना सिफारिस 

काठमाडौं, भदाै २० : सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ७ मा डा रामशरण थपलियालाई उम्मेदवार सिफारिस गरेको छ । डा थपलिया प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भएका हुन् । 

महाधिवेशन प्रतिनिधि समेत रहेका थपलियासहित कांग्रेसले विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, प्रमोदहरि गुरागाईं, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोललाई पनि उम्मेदवार सिफारिस गरेको छ। 

डा थपलियाको पुर्ख्यौली घर धादिङ हो । थपलियाले  पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थामा रहेर काम गरिसकेका छन् । नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य समेत रहेका थपलिया संस्थापन इतर समूहनिकट मानिन्छन् ।डा थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका छन् ।  

सो क्षेत्रमा नेकपा एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छन् । त्यस्तै  माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुँयाल दाबेदार छन् । यद्यपी उनीहरुको नाम सिफारिस भइसकेको छैन । 

एकीकृत समाजवादीले वसन्त मानन्धरको नाम सिफारिस गरेको छ भने जनता समाजवादी पार्टी (जसपा)ले राजेन्द्र श्रेष्ठलाई उम्मेदवार सिफारिस गरेको छ ।  स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सुर्य सिलाकारको नाम सिफारिस भएका छन् । 

प्रकाशित मिति: १६:५० बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्