Kathmandu Press

थप २२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, भदाै १९ : पछिल्लाे २४ घन्टामा नेपालमा थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ५ सय १९...
थप २२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, भदाै २० : पछिल्लाे २४ घन्टामा नेपालमा थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ५ सय १९ पिसिआर परिक्षणका क्रममा १ सय २२ जना र २ हजार ५ सय ३९ एन्टीजेन परिक्षणका क्रममा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप २ सय ६ संक्रमित निको भएका छन्। हाल नेपालमा २ हजार ४ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:३८ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्