लुकास र ओबुयाको आकर्षक ब्याटिङमा नेपालले पायो २५६ रनको लक्ष्य
काठमाडाैं, भदाै २० : केन्याविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि २५६ रनको ठूलो लक्ष्य पाएको छ। टस जितेर पहिला ब्याटिङ गरेको...
काठमाडाैं, भदाै २० : केन्याविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि २५६ रनको ठूलो लक्ष्य पाएको छ। टस जितेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनायो ।
इनिङको अन्त्यतिर लुकास एनडानडासनले विस्फोटक ब्याटिङ गरेपछि केन्याले ठूलो योगफल बनाएको हो । लुकासले नटआउट ५९ रन बनाए। उनले २७ बलमा समान ५ चौका र छक्का प्रहार गरे। बसिर अहमदको अन्तिम ओभरमा मात्रै उनले २० रन बनाएका थिए।
त्यसपछि कोलिन्स ओबुयाले १ सय ११ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाएका थिए। यस्तै, सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन को योगदान दिए।
नेपालका सोमपाल कामी र आदील अन्सारीले समान २ विकेट लिँदा बसिर अहमद र शाहब आलमले समान १ विकेट लिए ।
प्रकाशित मिति: १६:१२ बजे, सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











