Kathmandu Press

‘विभिन्न समुदायमाथि हुने अत्याचारविरुद्ध एकीकृत समाजवादीले सशक्त आवाज उठाउँछ’

काठमाडाैं, भदाै १९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विभिन्न समुदायमाथि हुने अत्याचारविरुद्ध पार्टीले सशक्त रुपमा आवाज उठाउने बताएका छन्।सोमबार काठमाडौंमा...
‘विभिन्न समुदायमाथि हुने अत्याचारविरुद्ध एकीकृत समाजवादीले सशक्त आवाज उठाउँछ’

काठमाडाैं, भदाै २० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विभिन्न समुदायमाथि हुने अत्याचारविरुद्ध पार्टीले सशक्त रुपमा आवाज उठाउने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले राज्यप्रणालीमा देखिएका विकृतिबिरुद्ध जुध्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि आफ्ना पार्टी अग्रपंक्तिमा उभिने बताएका हुन्।

उनले महिला हिंसा अन्त्य, गरिबीमा रहेका समुदाय, अल्पसंख्यक लगायतका विषयमा पार्टीको विशेष ध्यान जाने जिकिर गरे।

अध्यक्ष नेपालले पार्टी संगठन मात्रै बनाएर नपुग्ने भन्दै जनतामा चेतना जगाएर आन्दोलित गर्न सक्नुपर्ने धारणा राखे। उनले वास्तविक कम्युनिष्ट बिचार बोकेर हिड्ने आफ्नो मात्रै पार्टी भएको दाबी गरे।

त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई रुपान्तरण गर्न सवै दृढ भएर लाग्नुपर्ने बताए। उनले अनुभव र क्षमताका आधारमा पार्टीमा आएका व्यक्तिहरुलाई सम्मानजनक स्थान दिईने धारणा राखे।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेता रणबहादुर रम्तेललाई एकीकृत समाजवादीमा प्रवेश गराइएको थियो।

प्रकाशित मिति: १५:५१ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्