काठमाडौं–४(क) मा माओवादीबाट गुरुङसहित तीन जना सिफारिस
काठमाडौं, भदौ २० : नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ (क) बाट तीन जनालाई उम्मेदवार सिफारिस...
काठमाडौं, भदौ २० : नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ (क) बाट तीन जनालाई उम्मेदवार सिफारिस गरेको छ ।
सोमबार क्षेत्रीय समितिले प्रदेश सभा सदस्यका लागि रणबहादुर गुरुङ ‘रवीन’, विजयदेव भट्टराई र रामेश्वर केसीलाई उम्मेदवार सिफारिस गरेको हो। सिफारिस भएका तीनमध्ये गुरुङको सम्भावना प्रवल रहेको बताइएको छ । स्थानीय स्तरमा लोकप्रिय रहेका गुरुङले माओवादीको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल)मा रहेर लामो समय काम गरेका छन् ।
गुरुङ हाल पार्टीको बाग्मती प्रदेश कमिटी सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४(क) का इन्चार्ज छन्। सिफारिसमा परेका केसी पनि पार्टीको बाग्मती प्रदेश कमिटी सदस्य हुन् । त्यस्तै भट्टराई बीना मगर खानेपानी मन्त्री हुँदा उनका स्वकीय सचिव रहेर काम गरेका थिए ।
प्रदेशसभा (क)को समानुपातिकतर्फ भने विनोद शाही र राधा भट्टराईलाई सिफारिस गरिएको छ।








![श्रावण अन्तिम सोमबार गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786339914.jpg)

-ink-1740145571.jpeg)
