Kathmandu Press

इन्द्रजात्राका लागि तीव्र रूपमा तयारी हुँदै

काठमाडाैं, भदाै १९ : काठमाडौं उपत्यकामा शुक्रबार मनाइने इन्द्रजात्राको तयारी तीव्र पारिएको छ। इन्द्रजात्राका लागि काठमाडौंको हनुमानढोकामा रहेको गद्दी बैठकमा रङरोहनका कार्य भइरहेको छ...
इन्द्रजात्राका लागि तीव्र रूपमा तयारी हुँदै

काठमाडाैं, भदाै २० : काठमाडौं उपत्यकामा शुक्रबार मनाइने इन्द्रजात्राको तयारी तीव्र पारिएको छ। 

इन्द्रजात्राका लागि काठमाडौंको हनुमानढोकामा रहेको गद्दी बैठकमा रङरोहनका कार्य भइरहेको छ भने कुमारी घर र मठमन्दिरलगायत साजसज्जाका कार्य भइरहेको छ।

त्यस्तै इन्द्रजात्रामा कुमारी, भैरव र गणेशका रथलाई पनि तयारी अवस्थामा राखिएको छ।

भदाै २२ गते बिहानको शुभ साइतमा इन्द्रध्वज (यःसिँ) उठाएपछि विधिवत् रूपमा सुरु हुने जात्रा २४ गते इन्द्रजात्राका दिनमा राष्ट्रपति लगाएतका उच्च पदस्थ व्यक्तीहरु सहभागी भई जात्रा अवलोकन गर्ने परम्परो छ। जात्रा भदौ २९ गते समापन हुन्छ।

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्