एकीकृत समाजवादीलाई धक्का : गुल्मी जिल्ला इन्चार्जसहित दर्जनौं नेता एमालेमै फर्किए
काठमाडौं, भदौ २० : नेकपा (एकीकृत समाजवादी) गुल्मी जिल्ला इन्चार्जसहित दर्जनौं नेताहरु एमालेमै फर्किएका छन् । सोमबार एमाले जिल्ला कार्यालय मदन–आश्रित स्मृति भवनमा पत्रकार सम्मेलन...
काठमाडौं, भदौ २० : नेकपा (एकीकृत समाजवादी) गुल्मी जिल्ला इन्चार्जसहित दर्जनौं नेताहरु एमालेमै फर्किएका छन् ।
सोमबार एमाले जिल्ला कार्यालय मदन–आश्रित स्मृति भवनमा पत्रकार सम्मेलन गरी समाजवादीका नेताहरु एमाले फर्किएका हुन् । कार्यक्रमलाई ‘एमाले गुल्मी र एकीकृत समाजवादी गुल्मी एकता घोषणा कार्यक्रम’ भनिएको छ ।
कार्यक्रममा एमाले गुल्मी र एकीकृत समाजवादी गुल्मीका पदाधिकारीले एकतापत्रमै हस्ताक्षर गरेरै पार्टी एकीकरणको घोषणा गरेका हुन् । एकतापत्रमा एमाले जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र नरेश भण्डारीले हस्ताक्षर गरेका हुन् ।
एकता घोषणपछि एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष भण्डारी, जिल्ला इन्चार्ज खनालसहित लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहित नेता कार्यकर्ता एमालेमा फर्किएका छन् ।
एमालेमा फर्किएका भण्डारीले हिजो केही असहमति जनाएर अलग भएपनि एकीकृत समाजवादीले एमसिसी, नागरिकता विधेयक, वामन्थी एकतालगायतका विषयलाई बेवास्ता गरेपछि पुनः एमालेमै समाहित भएको बताए।
एमालेमै फर्किएका नेताहरुलाई स्वागत गर्दै एमाले उपमहासचिव ज्ञवाली र सचिव विष्टले जिल्लामा दुई पार्टीबीचको एकताले देशभरका वामपन्थीलाई एकतावद्ध हुन प्रेरणा मिलेको बताए।








![साउनको अन्तिम सोमबार पशुपतिनाथमा घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_cfe186ea-1786347418.jpg)


