आधारभूत रुपमा कसैसँग पनि गठबन्धन हुँदैन : लिङ्देन
नेपालगञ्ज, भदाै २० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूत रुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छ। राप्रपा बाँकेले आज यहाँ आयोजना...
नेपालगञ्ज, भदाै २० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूत रुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन्।
राप्रपा बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको उल्लेख गर्दै राष्ट्रियताका सवालमा नेकपा एमाले राप्रपासँग नजिक भएको बताए।
उनले तालमेलबाट बढी सिट ल्याउनेभन्दा पनि जनतासँगको सम्बन्धबाट नै बढी सिट ल्याउने अपेक्षा भएको स्पष्ट गरे। चुनाव घोषणा भएपछि सबै समान ढंगले चुनाव लड्नुपर्नेमा जोड दिँदै उनले अहिलेको संसद् विघटन गर्न माग गरे।
प्रकाशित मिति: १५:१९ बजे, सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![साउनको अन्तिम सोमबार पशुपतिनाथमा घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_cfe186ea-1786347418.jpg)


