Kathmandu Press

एमाले अध्यक्ष ओली झापा–५ बाट उम्मेदवार सिफारिस 

काठमाडौं, भदौ २० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि  सिफारिस भएका छन्...
एमाले अध्यक्ष ओली झापा–५ बाट उम्मेदवार सिफारिस 

काठमाडौं, भदौ २० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि  सिफारिस भएका छन् ।

क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा–५ का एमाले इन्चार्ज होम थापाले बताए।

ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए ।


 

प्रकाशित मिति: १३:५७ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्