Kathmandu Press

महिला साफ च्याम्पियनसिपमा नेपाली टिमको कप्तानी एञ्जिलाले गर्ने

काठमाडौं, भदौ २० : मंगलबारबाट दशरथ रंगशालामा सुरु हुने महिला साफ च्याम्पियसिप फुबटलमा नेपाली टिमको कप्तानी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले गर्ने भएकी छन्। नेपाली महिला...
महिला साफ च्याम्पियनसिपमा नेपाली टिमको कप्तानी एञ्जिलाले गर्ने

काठमाडौं, भदौ २० : मंगलबारबाट दशरथ रंगशालामा सुरु हुने महिला साफ च्याम्पियसिप फुबटलमा नेपाली टिमको कप्तानी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले गर्ने भएकी छन्। 

नेपाली महिला टिमकी नियमित कप्तान रेनुका नगरकोटी चोटका कारण टिमबाट बाहिर रहेपछि एन्फाले एञ्जिलालाई कप्तानको जिम्मेवारी दिएको हो।

प्रतियोगिता अघि सोमबार अयोजना भएको प्रि–म्याच कन्फ्रेन्समार्फत एन्फाले एञ्जिलालाई कप्तानीको जिम्मेवारी दिएको हो। यस्तै, एन्फाले अमृता जैशीलाई उपकप्तान बनाएको छ । 

प्रि–म्याच कन्फ्रेन्समा मुख्यप्रशिक्षकसँगै उपस्थित भएकी एन्जिालले जिम्मेवारीका लागि धन्यवाद दिइन् । उनले भनिन्, ‘कप्ताको जिम्मेवारी दिनुभएकोमा धन्यवाद । जुन विश्वास गरेको मलाई जिम्मेवारी दिइएको छ, त्यसलाई गुम्न दिने छैन।’ 

एन्जिलाको कप्तानीमा नेपाली टिमले घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य बनाएको छ। यसअघिका ५ संस्करणमध्ये ४ संस्करणको फाइनल खेलेपनि नेपाल उपाधिबाट बञ्चित हुँदै खाएको छ। भारत प्रतियोगिताको एक्लो विजता हो। 

७ टिम सहभागी प्रतियोगितामा नेपाल श्रीलंका र भुटानसँगै समूह बीमा छ। नेपालले मंगलबार भुटानसँग खेल्द्र प्रतियोगिताको सुरुआत गर्ने छ। यस्तै नेपालले दोस्रो खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ।

प्रकाशित मिति: १३:५२ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्