Kathmandu Press

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

जनकपुर, भदौ २० : बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ। बर्दिबासवाट खटिआएको अख्तियारको टोलीले...
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

जनकपुर, भदौ २० : बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ। 

बर्दिबासवाट खटिआएको अख्तियारको टोलीले विभिन्न उजुरीका कागजात नियन्त्रणमा लिएको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले जानकारी दिए। 

बृहत्तरबाट भएको विभिन्न निर्माण सम्बन्धीको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छापा मारी सो सम्बन्धी कागजात नियन्त्रणमा लिएर गएको प्रमुख अधिकारीले बताए । यसभन्दा पूर्व बृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै छापा हानेर अख्तियारले सम्बन्धित कागजात लिएको थियो । त्यो मुद्दा भने अख्तियारले मुल्तवीमा राखेको छ।

बृहत्तरले मधेश प्रदेशका धनुषा र महोत्तरी कार्यक्षेत्र रहेका जिल्लाका विभिन्न पालिकाबाट दर्जनौँ उजुरी अख्तियारमा छन् । बृहत्तरले काम नै नगरी मिलेमतोमा उपभोक्ता समिति तथा ठेकेदारलाई भुक्तानी दिएको, प्राविधिकले मूल्याङ्कनभन्दा बढी रकम निकासा गरेको, गाडी खरिदमा समेत व्यापक अनियमितता भएको उजुरी परेको छ। 

प्रकाशित मिति: १२:५२ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्