नवौं राष्ट्रिय खेलकुद : पुरूष क्रिकेटको तालिका सर्वाजनिक, खेल कीर्तिपुर र मुलपानीमा हुने
काठमाडाैं भदाै, २० : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको तालिका सार्वजनिक भएको छ। राष्ट्रिय खेलकुद असोज अन्तिम साताबाट सुरु हुने भएपछि पुरुष क्रिकेटको...
काठमाडाैं भदाै, २० : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको तालिका सार्वजनिक भएको छ। राष्ट्रिय खेलकुद असोज अन्तिम साताबाट सुरु हुने भएपछि पुरुष क्रिकेटको प्रतिस्पर्धा भने १ महिना नै सुरु हुन लागेको हो ।
क्यानले आयोजना गर्न लागेको नेपाल टि–२० लिग र राष्ट्रिय खेलकुदको समय जुधेकाले क्यानकै आग्रहमा पुरुष क्रिकेटको प्रतिस्पर्धा १ महिना अघि सारिएको छ। राखेपले क्यानको प्रस्ताव र सहभागी टिमको सहमतिमा स्पर्धा एक महिना अघि सारेको हो।
प्रतियोगिता भदौ २३ गतेबाट कीर्तिपुरस्थित टियू मैदान र मुलपानी मैदानमा हुने छ। यो स्पर्धामा प्रदेशका ७ टिम, तीन विभागीय र एनआरएनएको १ टिमगरी कुल ११ टिम सहभागी हुनेछन्।
राखेपले सोमबार नै पुरुष क्रिकेटको तालिका पनि सर्वाजनिक गरेको छ। जसअनुसार राखेपले सहभागी ११ टिमलाई २ समूहमा विभाजन गरेको छ। जसमा एसमूह एमा मधेश प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेश छन् । समूह बीमा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम, प्रदेश एक र एपीएफ छन् ।
भदौ २३ देखि ३१ गतेसम्म प्रतियोगितामा प्रत्येक दिन कुल ४ खेल हुने छन्। जसमा पहिलो खेल ९ः१५मा सुरु हुने छ भने दोस्रो खेल १ः१५मा सुरु हुने छ।
प्रतियोगिताको उद्घाटन ख्ेलमा एनआरएनए र सुदूरपश्चिमबीच टियू मैदानमा हुन् छ। सोही दिन टियूमा बागमती र प्रदेश एक भिड्दा यस्तै मुलपानीमा मधेश र गण्डकी तथा लुम्बिनी र कर्णाली प्रदेशबीच पनि खेल हुने छ।
दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल भदौ ३१ गते हुनेछ ।











