अपराजित आर्सनलमाथि युनाइटेडकाे जित
इंग्लिस स्ट्राइकर मार्कुस रास्फोर्ड चम्किएपछि प्रियिमर लिगमा म्यान्चेस्टर युनाइटेडले लगातार चोथो जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा तीनै गोलमा रास्फोर्डले...
काठमाडाैं, भदाै २० : इंग्लिस स्ट्राइकर मार्कुस रास्फोर्ड चम्किएपछि प्रियिमर लिगमा म्यान्चेस्टर युनाइटेडले लगातार चोथो जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा तीनै गोलमा रास्फोर्डले योगदान दिएपछि युनाइटेडले आर्सनल माथि ३–१को जित निकाल्यो।
सुरुआती दुई खेलमा लज्जास्पद हार बेहोरोको युनाइटेले त्यसपछि लगातार चार खेल जितेको छ। जसमा उसले लिभरपुललाई २–१ले, लेस्टर सिटी र साउथह्याम्पटनलाई समान १–०ले हराएको थियो।
यता, आर्सनलले भने पहिलो पराजय बेहोर्न बाध्य भयो। यसअघि उसले पाँचौ खेल जितेको थियो।
युनाइटेडको जितमा मार्कस रासफोर्डले २ तथा एन्थोलीले एक गोल गरे। आर्सनका बुकायो साकाले गोल गरेका थिए।
डेट लाइन डेमा १ सय मिलिय युरोमा युनाइटेडका युवा ब्राजिलियन विंगर एन्थोनीले रास्फोर्डकै पासमा ३५ मिनेटमा टिमलाई अग्रता दिलाए। ६०औं मिनेटमा बुकायो साकाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
तर, ६६औं मिनेटमा कान्टरमा रासफर्डले गोल गर्दै युनाइटेडलाई खेलमा पुनः अग्रता दिलाए। उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए। ७५ औं मिनेटमा क्रिस्टियन एरिक्सनको पासमा रासफर्डले गोल गरेपछि युनाइटेडले खेल ३–१ले जित्यो ।
हार पछि आर्सनले १५ अंकसहित शीर्ष स्थानमा छ। युनाइटेड भने १२ अंकसहित पाँचौं स्थानमा छ।











