अन्तिम खेलमा नेपाल र केन्या भिड्दै
काठमाडौं, भदौ २० : केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै छ।एकदिवसीय क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाल र केन्या...
काठमाडौं, भदौ २० : केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै छ।
एकदिवसीय क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाल र केन्या प्रतिस्पर्धा गर्न लागेका हुन्। आजको खेल नैरोबीमा दिउसो १२ः४५ बजे हुनेछ।
तीन खेलको एकदिवसीय श्रृंखला नेपालले जितिसकेको छ। शुरुआति दुई खेल जितिसकेको नेपाल तेस्रो खेल पनि जित्ने तयारीका साथ मैदानमा उत्रिनेछ। केन्या भने क्लिन स्वीपबाट जोगिन आजको खेल जित्ने प्रयत्न गर्नेछ।
यसअघि नेपालले टी२० श्रृंखला पनि जितेको थियो। पाँच खेलको श्रृंखलामा नेपालले तीन खेल जितेको थियो।
प्रकाशित मिति: ०८:४७ बजे, सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











