पाकिस्तानले भारतलाई पाँच विकेटले हरायो
काठमाडौं, भदौ २० : एशिया कपको सुपर फोर अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले पराजित गरेको छ।गएराति दुवईमा भएको खेलमा भारतले दिएको १८३...
काठमाडौं, भदौ २० : एशिया कपको सुपर फोर अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले पराजित गरेको छ।
गएराति दुवईमा भएको खेलमा भारतले दिएको १८३ रनको लक्ष्य पाकिस्तानले पाँच विकेटको क्षतिमा १९.५ ओभरमा पूरा गरेको हो। लिग चरणमा भने भारतले पाकिस्तानलाई पराजित गरेको थियो।
पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रन बनाए। त्यस्तै, मोहम्मद नवाजले २० बलमा ४२, आसिफ अलीले १६ रन र फखर जमामले १५ रन बनाए।
यसअघि ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर १८१ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले सर्वाधिक ६० रन बताए।
त्यस्तै केएल राहुल र रोहित शर्माले समान २८२८ रन बनाएका थिए। पाकिस्तानका लागि सादव खानले दुई विकेट लिए।
यो जितसँगै पाकिस्तान सुपर फोरको दोस्रो स्थानमा पुगेको छ। एक खेल जितको श्रीलंकाका शीर्ष स्थानमा छ।
सुपर फोरमा रहेका चारै टिमले एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ। शीर्ष दुई स्थानमा रहेका टिम फाइनलमा प्रवेश गर्नेछन्। अहिले एक एक खेलमा मात्रै भएको छ।











