Kathmandu Press

माओवादीका महासचिव लमजुङबाट उम्मेदवार सिफारिश

लमजुङ, भदौ २० : नेकपा (माओवादी केन्द्र) का महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवार सिफारिश...
माओवादीका महासचिव लमजुङबाट उम्मेदवार सिफारिश

लमजुङ, भदौ २० : नेकपा (माओवादी केन्द्र) का महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवार सिफारिश भएका छन्।

जिल्ला समन्वय समिति लमजुङको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिश गरेको हो। उनीसँग प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिश गरिएको छ।

माओवादीका महासचिव गुरुङ २०७४ सालको निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले ३९ हजार चार सय ६८ मत पाएका थिए।

समानुपातिकमा पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङ, ऋषिराम पौडेल र उर्मिला माझीको नाम सिफारिश भएको छ।

प्रदेश सभा (क) को प्रत्यक्षतर्फ अधिकारी गुरुङ, मेखबहादुर भण्डारी, हरिजङ तामाङ र होमबहादुर विकको नाम सिफारिश भएको छ। त्यस्तै, प्रदेश (ख) मा केन्द्रीय सदस्य विमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिश भएको छ।

प्रकाशित मिति: ०७:२५ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्