सञ्चारमन्त्री कार्की सुनसरी–४ बाट सर्वसम्मत सिफारिस

काठमाडौं, भदौ १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्।
सत्तारुढ गठबन्धनको कार्यदलको सदस्य तथा नेपाल सरकारका प्रवक्ता समेत रहेका कार्कीलाई कांग्रेसको क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिको आइतबार बसेको बैठकले सर्वसम्मत एकल उम्मेदवारका रुपमा सिफारिस गरेको हो।
मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट विजयी भई अहिलेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका छन्। वि.सं.२०७४ सालको निर्वाचनमा मन्त्री कार्की ३२ हजार ३४७ मत प्राप्त गरी विजयी भएका थिए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले नेता रमेश श्रेष्ठले २५ हजार ७५० मत प्राप्त गरेका थिए।
प्रकाशित मिति: १९:४३ बजे, आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











