Kathmandu Press

सत्ता गठबन्धन कार्यदलले सिटसँगै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गाउने तयारी  

काठमाडौं, भदौ १९ : सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलले संघ र प्रदेशको सिट बाँडफाँटको संख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गो...
सत्ता गठबन्धन कार्यदलले सिटसँगै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गाउने तयारी  

काठमाडौं, भदौ १९ : सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलले संघ र प्रदेशको सिट बाँडफाँटको संख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गो लगाउने तयारी गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठकमा गठबन्धन दलले पाउने सिट संख्याका साथै निर्वाचन क्षेत्रको बाँडफाँटका बिषयमा पनि छलफल भएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

न्यायोचित, सम्मानजनक र सवैले जितेको भावनाका साथ सिट बाँडफाँटले अन्तिम रुप पाउने उनले बताए । दुई दिन कार्यदलमा सिट बाँडफाँटका बारेमा छलफल गरेर निष्कर्षमा पुगिने र शिर्ष तहलाई जानकारी गराउने कार्कीको भनाई छ । 

उनले गठबन्धनले गरेको निर्णयलाई जनताले अनुमोदन गर्ने र निर्वाचनपछि मुलुक अर्को चरणमा प्रवेश गर्ने जिकिर गरे । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले आ–आफ्नो दावीबाट पछि नहट्दा सिट बाँडफाँटको विषयमा सहमति जुट्न सकेको छैन । 

प्रकाशित मिति: १९:०९ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्