Kathmandu Press

नवौँ राष्ट्रिय खेलका लागि फेन्सिङ खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलका लागि फेन्सिङ खेलाडी छनोट

गण्डकी, भदाै १९ : गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ जना फेन्सिङ खेलाडीे छनोट भएका छन्।

काठमाडाैं फेन्सिङ एकेडेमीमा भएको उक्त छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ तथा महिलातर्फ १२ गरी कूल २४ खेलाडी छनोट भएका हुन्। पुरुष फोयल इभेन्टमा सञ्जिव लामा, नारायण गौतम, पुरुषोत्तम खत्री र आर्यन कार्की रहेका छन्।
    
इपीमा ओमकार सिंह, भीष्मराज दाहाल, राहुल दर्शन र गगन राई तथा सावर विधामा पायष योञ्जन, सोयबमान श्रेष्ठ, अमीर रायमाझी र शाश्वत परियार छनोट भएका हुन्।
    
त्यस्तै महिलाको फोयल विधातर्फ सुजाता कुँवर, गोमा आचार्य, सङ्गीता लम्साल र अश्मिता घिसिङ रहेका छन्। यसैगरी इपितर्फ उषा खड्का, अलिषा अधिकारी, करुणा खड्का र पेमा योञ्जन तथा सावर विधामा शिक्षा नापित, सोफिया चन्द, बिनिता कार्की र आकी प्रजापति रहेका छन्। छनोट भएका खेलाडीलाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रमाणपत्र वितरण गरे।

प्रकाशित मिति: १८:५४ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्