Kathmandu Press

धनुषाका दुई निर्वाचन क्षेत्रमा एमालेबाट श्रीमान–श्रीमती नै सर्वसम्मत सिफारिस

धनुषाका दुई निर्वाचन क्षेत्रमा एमालेबाट श्रीमान–श्रीमती नै सर्वसम्मत सिफारिस

काठमाडौं, भदौ १९ : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेबाट धनुषाका दुई निर्वाचन क्षेत्रबाट श्रीमान श्रीमती सर्वसम्मतरुपमा सिफारिस भएका छन् ।

आइतबार जनकपुरधाममा भएको धनुषाको क्षेत्र नम्बर ३ को बैठकले पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको एकल नाम र क्षेत्र नम्बर ४ को बैठकले स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस गरेको हो ।

सिफारिस भएका महतो र महासेठ श्रीमान श्रीमती हुन् । यसअघि उनीहरु ओली सरकारमा पालामा आलोपालो मन्त्री समेत भएका थिए । 

प्रकाशित मिति: १८:४० बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्