पाँचतारे होटलका सात क्यासिनोलाई ७ दिनभित्र मनोरञ्जन कर तिर्न महानगरको चेतावनी
काठमाडौं, भदौ १९ : काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र सञ्चालित सात ठूला होटलका क्यासिनोलाई मनोरञ्जन कर तिर्न ताकेता गरेको छ।आइतबार महानगरले सात दिनभित्र बक्यौता रहेको...
काठमाडौं, भदौ १९ : काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र सञ्चालित सात ठूला होटलका क्यासिनोलाई मनोरञ्जन कर तिर्न ताकेता गरेको छ।आइतबार महानगरले सात दिनभित्र बक्यौता रहेको कर तिर्न चेतावनी दिँदै सूचना जारी गरेको हो ।
महानगरले जारी गरेको सूचनामा म्यारियट होटलको डेल्टिन क्यासिनो, अन्नपुर्ण होटलको क्यासिनो प्यालेस, ¥याडिसन होटलको ¥याड क्यासिनो, हायातको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रियसन क्यासिनो, सोल्टीको माजोङ इन्टरटेनमेन्ट, एलफ्टको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई सात दिनभित्र कर तिर्न ताकेता गरेको हो ।
‘मनोरञ्जन कर बुझाउनका लागि पटकपटक ताकेता गरेपनि आ.व २०७५÷०७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हाल सम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिवाना समेत सात दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग बबरमहलमा बुझाउनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ।












