Kathmandu Press

कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर 

महानगरले कोटेश्वर क्षेत्रमा फुटपाथ मिचेर अवैध रुपमा निर्माण गरिएको संरचना हटाउन डोजर चलाएको हो ।
कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर 

काठमाडौं, भदौ १९ :  काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा डोजर चलाएको छ । 

महानगरले कोटेश्वर क्षेत्रमा फुटपाथ मिचेर अवैध रुपमा निर्माण गरिएको संरचना हटाउन डोजर चलाएको हो । महानगरपालिकाका अनुसार फुटपाथ मिचेर राखिएको होर्डिङ बोर्डं, होटल, टहरा लगायतका संरचना हटाइएको हो । 

अनधिकृत संरचना हटाउन ठूलो संख्यामा महानगरका प्रहरी परिचालन गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । 

महानगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरी अनधिकृत संरचना हटाउन आग्रह गरेको थियो । तर सूचनाको बेवास्ता गरेपछि अनधिकृत संरचना हटाउन आफूहरु बाध्य भएको महानगरपालिकाले जानकारी दिएको छ। 

महानगरले ३२ वटै वडामा अनधिकृत संरचना हटाउने क्रम जारी रहने बताएको छ । यसअघि बानेश्वर, त्रिपुरेश्वर, न्युरोड, लगायतका क्षेत्रका अनधिकृत संरचना महानगरले हटाइसकेको छ । अनधिकृत संरचना हटाउने काम सँगसँगै निरन्तर अनुगमन पनि हुने महानगरले बताएको छ। 

 

प्रकाशित मिति: १८:२२ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्