Kathmandu Press

एमाले महासचिव पोखरेल दाङ–२ बाट सर्वसम्मत सिफारिस 

काठमाडौं, भदौ १९ : नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका छन् । आइतबार क्षेत्रीय...
एमाले महासचिव पोखरेल दाङ–२ बाट सर्वसम्मत सिफारिस 

काठमाडौं, भदौ १९ : नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका छन् । आइतबार क्षेत्रीय समितिले पोखरेलको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

अघिल्लोपटक प्रदेश सभा सदस्यमा चुनाव लडेका पोखरेल यसपाली प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने भएका छन् । उनको क्षेत्रबाट एकल सिफारिसमा परेका हुन् । 

२०७४ मा पोखरेल दाङ क्षेत्र नम्बर २(क) बाट निर्वाचित भएका थिए । केन्द्रमा नेकपाको सरकार रहँदा पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए।  

 

 

प्रकाशित मिति: १७:४९ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्