Kathmandu Press

संसदमा सहभागी नहुने राप्रपा अध्यक्ष लिङ्देनको घोषणा

काठमाडौं, भदौ १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अबका दिनमा प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने घोषणा गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विशेष...
संसदमा सहभागी नहुने राप्रपा अध्यक्ष लिङ्देनको घोषणा

काठमाडौं, भदौ १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अबका दिनमा प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने घोषणा गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मुलुकमा आमनिर्वाचन घोषणा भइसकेकाले नैतिक रुपमा आफू संसद्मा उपस्थिति हुन नसक्ने बताए। उनले भने, ‘प्रतिनिधिसभाको  यो कार्यकालमा आजको बैठक मेरा लागि अन्तिम हो।’

 निर्वाचन घोषणा भइसकेपछि संसद् चलिरहनु उपयुक्त हुदैन भन्ने पार्टीको धारणा रहेको र त्यसैले आजबाट आफू सांसदको रुपमा संसद्मा उपस्थित नहुने उनको भनाइ छ । 

अध्यक्ष लिङ्देलले आफू संसद्मा उपस्थित नहुने भएकाले आफ्नो नाममा पठाइने तलब भत्ता रोक्का गरिदिनसमेत आग्रह गरे । उनले झण्डै पाँच वर्षको कार्यकालमा पार्टीको एक्लो सदस्यको हिसाबले संसद्मा उपस्थित हुँदा केयौं नीतिगत कुरामा आफूलाई उपेक्षा गरिएको जस्तो महसुस गरे पनि सबै दलका सांसदबाट पाएको स्नेह र सद्भावलाई सधैँ सम्झनामा राखिरहने बताए। 

प्रकाशित मिति: १७:४२ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्