थप १४२ जनामा कोरोना संक्रमण
काठमाडौं, भदौ १९ : मुलुकभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ३ हजार ४५० जनामा कोरोना...
काठमाडौं, भदौ १९ : मुलुकभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ३ हजार ४५० जनामा कोरोना परीक्षण गर्दा १४२ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १ हजार ७५६ जनामा पीसीआर परीक्षण गर्दा ११६ र १ हजार ६९४ जनामा एन्टीजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो । सोही अवधिमा २३० जना संक्रमण मुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ७७५ पुगेको छ । तीमध्ये ९ लाख ८३ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट हालसम्म १२ हजार ७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
आइतबारसम्म देशभर २ हजार ५२८ सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: १७:३१ बजे, आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1786354041.png)