Kathmandu Press

घोषणापत्रबारे सुझाव दिन सर्वसाधारणलाई एमालेको आग्रह

काठमाडौं, भदौ १९ : नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा–पत्रमा समावेशका लागि सुझाव दिन सर्वसाधारणलाई आह्वान...
घोषणापत्रबारे सुझाव दिन सर्वसाधारणलाई एमालेको आग्रह

काठमाडौं, भदौ १९ : नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा–पत्रमा समावेशका लागि सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ।

एमालेले पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा सुझाव उपलब्ध गराउन सुझाव आह्वान गरेको हो। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले घोषणा–पत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टीपङ्क्तिलाई सुझाव दिन यही भदौ १५ गतेसम्म समय दिएकामा अब आमरुपमा सुझाव मागिएको छ।

एमालेका सबै निकाय तथा कमिटी, विभाग, पार्टीसम्बद्ध जनसङ्गठन र पार्टीका नेता–कार्यकर्तालाई सुझाव दिन दिइएको समयमा अधिकांश विभाग र जनसङ्गठनबाट सुझाव प्राप्त भएको एमालेको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए। 

 एमाले पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीलाई सुझाव ग्रहण गर्ने सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत पनि सुझाव दिन सकिने जनाइएको छ । 

प्रकाशित मिति: १७:१६ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्