Kathmandu Press

एमालेबाट यामलाल कँडेल कर्णाली प्रदेशसभाका लागि उम्मेदवार सिफारिस 

काठमाडौं, भदौ १९ :  नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पार्टीको कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेलको नाम कर्णाली प्रदेशसभा सदस्यका लागि सिफारिस...
एमालेबाट यामलाल कँडेल कर्णाली प्रदेशसभाका लागि उम्मेदवार सिफारिस 

काठमाडौं, भदौ १९ :  नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पार्टीको कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेलको नाम कर्णाली प्रदेशसभा सदस्यका लागि सिफारिस गरिएको छ। एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले उहाँलाई सुर्खेत क्षेत्र नं २ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको हो।

कँडेल यसअघि पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। क्षेत्र नं १ ‘ख’बाट प्रदेशसभा सदस्यमा पूर्व भौतिक पूर्वाधार तथा योजनामन्त्री खड्क खत्रीलाई सिफारिस गरेको छ । उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यसैबीच नेकपा (माओवादी केन्द्र)ले सुर्खेत क्षेत्र नं २ बाट  प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि प्रत्यक्षतर्फ झकबहादुर मल्ल र समानुपातिकतर्फ पुष्पा घर्ती विष्टलाई सिफारिस गरेको छ। पार्टीको आज सम्पन्न बैठकले दुवैजनालाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यस्तै पार्टीको कर्णाली प्रदेश उपाध्यक्ष कृष्ण जिसीलाई क्षेत्र नं १ ‘ख’बाट प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको माओवादी केन्द्रले जनाएको छ।

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्