Kathmandu Press

रञ्जन कोइरालाको सजाय घटाउने फैसलाबारे जबराले भने– विवेक प्रयोग गरेँ 

जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको र उनका बच्चाहरुलाई ख्याल गरेर कैद घटाउने स्वविवेकिय अधिकार प्रयोग गरेको उनको भनाई छ । 
रञ्जन कोइरालाको सजाय घटाउने फैसलाबारे जबराले भने– विवेक प्रयोग गरेँ 

काठमाडौं, भदौ १९ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको र आफुलाई दुःख लागेको बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिमा तेश्रो दिनको बयान दिने क्रममा जबराले साँढे आठ बर्षसम्म उक्त मुद्धामा राय लिदाँ पिडित परिवारमाथि अन्याय नै भएको आफुलाई लागेको र उक्त मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका हुन्। 

उनले उक्त मुद्दामा विवेक प्रयोग गरेको भन्दै यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने स्पष्ट पारे । उनले यो मुद्धाको सम्पूर्ण जिम्मेवारी आफुले लिने र अन्य न्यायधिशलाई आरोप नलगाउन आग्रह गरे। जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको र उनका बच्चाहरुलाई ख्याल गरेर कैद घटाउने स्वविवेकिय अधिकार प्रयोग गरेको उनको भनाई छ । 

त्यस्तै जवराले संवैधानिक अंगका पदाधिकारी नियुक्तिमा सम्बन्धमा परेका रिट निवेदनहरुमा एक बर्षसम्म पनि प्रारम्भीक सुनुवाई नगरेको आरोप अस्वीकार गरे । संसद बिघटन र संवैधानिक नियुक्तीको मुद्धा संगसंगै परेकाले संसद बिघटनको मुद्धालाइ प्राथमिकता दिइको उनले बताए।

बैठकपछि समिति सदस्य मीन विश्वकर्माले आइतबार बैठकको कार्यबिधि संशोधन गरेको जानकारी दिए। अव प्रश्न सोध्ने र लिखित जवाफ लिएर प्रतिप्रश्न गर्ने उनले बताए। आइतबार पाँच वटा प्रश्न सोधिएको र अर्को बैठक भाद्र २५ गते बस्ने विश्वकर्माले जानकारी दिए। 

समितिले जवरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको थियो । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाभियोग दर्ता भएको थियो ।

प्रकाशित मिति: १५:०३ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्