सांसद पद छाड्ने राप्रपा अध्यक्ष लिङदेनको घोषणा
काठमाडौं, भदौ १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको पद छाड्ने घोषणा गरेका छन् । आइतबार काठमाडौंमा बसेको पार्टीको विस्तारित बैठकमा बोेल्दै लिङ्देनले...
काठमाडौं, भदौ १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको पद छाड्ने घोषणा गरेका छन् ।
आइतबार काठमाडौंमा बसेको पार्टीको विस्तारित बैठकमा बोेल्दै लिङ्देनले मंसिर ४ गते निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले सपथ नलिएसम्म अहिलको संसदको आयु बढाउन खोजिएको भन्दै अव संसदबाट तलवभत्ता नलिने गरि सांसदको पद छाड्ने घोषणा गरेका हुन्।
संसदको चूनाव घोषणा भइसकेपछि संसद भंग हुनुपर्ने र सरकार कामचलाउन हुने मान्यता राप्रपाको रहेको भन्दै संसदको आयु लम्वाउने काममा राप्रपाको समर्थन हुनै नसक्ने उनले बताए।
त्यस्तै लिङ्देनले लामो समय ठूला भनिएका राजनीतिक दलले मुलुकलाई बन्धक बनाएकाले अवको निर्वाचनमा जनताले नयाँ बिकल्पका लागि राप्रपालाई रोज्ने दावी गरे। उनले नेपालको राजनीतिक भविष्यका लागि समेत अवको निर्वाचन निकै महत्वपूर्ण रहेको धारणा राखे । आगामी निर्वाचनमा समानुपातिक तर्फ राप्रपाले अधिक मत ल्याउने भन्दै प्रत्यक्षमा धेरै भन्दा धेरै सिट जित्नेगरि तयारी गर्न उहाले नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
उनले कागजमा मात्रै पार्टीलाई ठूलो बनाउने काम नगर्न आग्रह गरे











-1786354041.png)