Kathmandu Press

निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न प्रधानमन्त्रीको आग्रह 

काठमाडौं, भदौ १९ : प्रधानमन्त्री शेर बहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरि निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । नेपाल निजामती...
निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न प्रधानमन्त्रीको आग्रह 

काठमाडौं, भदौ १९ : प्रधानमन्त्री शेर बहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरि निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । 

नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिदै गएको अवस्थामा यसको तयारीका लािग सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन्। 

उनले कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिटै संघीय निजामती ऐन ल्याउने प्रतिवद्धता जनाए। ऐनको सन्र्दभमा आएका सुझावहरुका बारेमा आफु जानकार रहेको भन्दै उनले ऐन अघि बढाउदै कर्मचारीको मागका साथै समय सापेक्ष सुधारको बाटो अवलम्वन गरिने धारणा राखे । उनले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको बताए। 

त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा परिवर्तनिय दस्तावेज भएको भन्दै कर्मचारीहरुको जायज मागलाई सम्बोधन हुने गरि ऐनलाई अन्तिम रुप दिनुपर्ने बताए। 

कार्यक्रममा कर्मचारीहरुले आफुहरुको बृतिबिकासका लागि अन्य बिषयमा सरकारले बिशेया ध्यान दिनुपर्ने धारणा राखेका थिए । त्यस्तै केहि व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १३:५० बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्