Kathmandu Press

निलम्बित प्रधानन्यायाधीश जबराको बयान सुरु 

काठमाडौं, भदौ १९ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको तेस्रो दिनको बयान सुरु भएको छ । केहीबरेअघि सुरु भएको महाभियोग सिफारिस समितिको बैठकमा चोलेन्द्रको बयान...
निलम्बित प्रधानन्यायाधीश जबराको बयान सुरु 

काठमाडौं, भदौ १९ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको तेस्रो दिनको बयान सुरु भएको छ । 

केहीबरेअघि सुरु भएको महाभियोग सिफारिस समितिको बैठकमा चोलेन्द्रको बयान सुरु भएको हो। 

सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, तर दुई दिनको बयानका क्रममा जम्मा ६ वटा प्रश्न मात्र सकिएको छ ।

जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए । त्यससँगै निलम्बनमा रहेका जबराले बयानका क्रममा महाअभियोग प्रस्ताव निरर्थक भएको बताएका छन् ।

प्रकाशित मिति: १२:३३ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्