Kathmandu Press

सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने 

काठमाडौं, भदौ १९ : सत्ता गठबन्धन दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्ने बताइएको छ । आजको बैठकमा सत्ता गठबन्धन...
सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने 

काठमाडौं, भदौ १९ : सत्ता गठबन्धन दलको बैठक आज बस्दैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्ने बताइएको छ । 

आजको बैठकमा सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटबारे छलफल हुने बताइएको छ । बैठकमा सिट बाँडफाँट कार्यदलका सदस्यहरुपनि सहभागि हुने बताइएको छ । 

कार्यदलले सिट बाँडफाँटबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गर्नेछन् । गठबन्धनले भोलिसम्म सिट बाँडफाटको टुंगो लगाउने तयारी गरेको छ । 

प्रकाशित मिति: १२:०८ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्