प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं, भदौ १९ : प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । आजको...
काठमाडौं, भदौ १९ : प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन गर्नेछन् । त्यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरुमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ।
यसैगरी सभामुख सापकोटाले विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूचीमा उल्लेख छ।

प्रकाशित मिति: १०:५१ बजे, आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











