निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज पनि
काठमाडौं, भदौ १९ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि बयान दिँदै छन् । महाभियोग सिफारिस समितिले ११ बजेपछि बस्ने बैठकमा जबराको बयान...
काठमाडौं, भदौ १९ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि बयान दिँदै छन् । महाभियोग सिफारिस समितिले ११ बजेपछि बस्ने बैठकमा जबराको बयान लिने छ ।
यसअघि समितिले भदौ १५ र १६ गते जबराको बयान लिएको थियो । जबराको बयानका लागि समितिले ४३ वटा प्रश्न तयार गरेको छ । बुधबार ६ वटा प्रश्नको उत्तर दिएको जबराले बिहीबार दुई प्रश्नको मात्र उत्तर दिएका थिए ।
जबरालाई सोधिने प्रश्नहरु बाँकी नै रहेका कारण आइतबार बिहान ११ बजेपछि पुनः बयान सुरु हुने समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए ।
बयानका क्रममा जबराले सर्वोच्चका न्यायाधीशमाथि संगीन आरोप लगाएका थिए ।
प्रकाशित मिति: १०:४५ बजे, आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











