मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालिन अवतरण
काठमाडौं, भदौ १९ : पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालिन अवतरण गराइएको छ । आइतबार बिहान ८ बजे १८ यात्रु लिएर पोखरा उँडेको...
काठमाडौं, भदौ १९ : पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालिन अवतरण गराइएको छ । आइतबार बिहान ८ बजे १८ यात्रु लिएर पोखरा उँडेको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि पोखरा विमानस्थलमै आपतकालिन अवतरण गराइएको हो ।
उडेको ७ मिनेटमै जहाजलाई अवतरण गराइएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिएका छन् । अहिले जहाज चेकजाँचको काम भइरहेको बताइएको छ ।
जहाज सामान्य अवस्थामै अवतरण भएको सुवेदीले जानकारी दिए ।
प्रकाशित मिति: १०:२५ बजे, आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











