माधव नेपाल रौतहटका दुई क्षेत्रबाट उम्मेदवार सिफारिश
रौतहट, भदौ १९ : नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपालको रौतहटका दुई वटा क्षेत्रबाट उम्मेदवार सिफारिश भएका छन्।पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल आगामी...
रौतहट, भदौ १९ : नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपालको रौतहटका दुई वटा क्षेत्रबाट उम्मेदवार सिफारिश भएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि रौहतट क्षेत्र नं. १ र ४ बाट उम्मेदवार सिफारिश भएका हुन्। एकीकृत समाजवादीको रौतहट क्षेत्र नं. १ को क्षेत्रीय समितिको बैठकले नेपाललाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिश गरेको छ।
त्यस्तै, प्रदेश सभा सदस्यका लागि रौतहट १ (क) बाट इन्दु झा, प्रेमनारायण साह तेली, डा. सोहैव तैयव, विक्रान्तविक्रम नेपाल, राजेन्द्र साह र शिवजीप्रसाद रायको नाम सिफारिश भएका हुन्। रौतहट १ (ख) बाट जयमंगल प्रसाद यादव, बजरंगी यादव, हरेकृष्ण प्रसाद यादवको नाम पनि सिफारिश भएको छ।
रौतहट क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकसहित ४९ जनाको नाम सिफारिश गरिएको छ।
त्यस्तै, रौतहट क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष नेपालसहित र रामकुमार भट्टराईको नाम पनि सिफारिश भएको छ।
प्रदेश सभाका लागि क्षेत्र नम्बर ४ को (क) बाट महेन्द्र चौलागाईं, बालकृष्ण श्रेष्ठ, बाबुराम दहाल, लक्ष्मण रेग्म, अमर आले, मदन सापकोटा, विनोद चौधरी, कृष्ण खडका, प्रभाष विक्रम खाण र कृष्ण चन्द्र पोखरेलको नाम सिफारिश भएको छ।
रौतहट ४ (ख) बाट शेख कलिमुलाह, रामजी साह, राजिन्द्र राम, मोहम्मद अजरुदिन, शेख सतार अहमद, पंकजकुमार जयसवाल, धर्मेन्द्र पटेल र लखिन्द्र प्रसाद साहको नाम सिफारिश भएको छ।











