Kathmandu Press

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, भदौ १९ : प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दै छ।आजको बैठकमा संसद् अन्तर्गतका विभिन्न व्यवस्थापकीय कार्य हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, भदौ १९ : प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दै छ।

आजको बैठकमा संसद् अन्तर्गतका विभिन्न व्यवस्थापकीय कार्य हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार सभामुखले कार्यव्यवस्था परामर्श समितिमा मनोनयन तथा हेरफेर गर्ने भएका छन्।

त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ।

यससँगै संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यको नाम हेरफेर गर्ने भएका छन्।

 

प्रकाशित मिति: ०७:२९ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्