Kathmandu Press

बागमतीमा बिहानैदेखि वर्षा, कस्तो अन्य प्रदेशको मौसम?

काठमाडौं, भदौ १९: मनसुनी वायुको प्रभावले बागमती प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ भने अन्य प्रदेशमा पनि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।जल तथा...
बागमतीमा बिहानैदेखि वर्षा, कस्तो अन्य प्रदेशको मौसम?

काठमाडौं, भदौ १९: मनसुनी वायुको प्रभावले बागमती प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ भने अन्य प्रदेशमा पनि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ। जसले गर्दा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ।

बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, प्रदेश १ का केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १,  मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:०१ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्