Kathmandu Press

लगातार दोस्रो जितसँगै नेपालले जित्यो एकदिवसीय सिरिज

३ खेलेको सिरिजकाे दाेस्राे खेलमा घरेलु टोली केन्यामाथि १७ रनको जित निकाल्दै नेपालले एक खेल अगावै सिरिज जितेकाे हाे।
लगातार दोस्रो जितसँगै नेपालले जित्यो एकदिवसीय सिरिज

काठमाडाैं, भदाै १८ : केन्याविरुद्धको लिस्ट ए मान्यताप्राप्त एकदिवसीय सिरिज नेपालले जितेको छ। ३ खेलेको सिरिजमा लागतार दोस्रो जित निकाल्दै नेपालले सिरिज जितेको छ।

शनिबार नैरबीस्थित जिमखान मैदानमा भएको दोस्रो खेलमा नेपालले घरेलु टोलीमाथि १७ रनको जित निकाल्यो। नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा २१३ रनमै आलआउट भयो।

केन्याका लागि इनफर्म ब्याट्सम्यान राकेप पटेलले ८१ रन बनाउँदा कोलिन्स ओबुयाले ३७ रनको योगदान दिए। राकेपले ९८ बलमा ८ चौका र १ छक्का प्रहार गर्दा ओबुयाले २७ बलमा ५ चौका प्रहार गरे। त्यस्तै नेल्सन ओडिआम्बोले २८, जेराल्ड एमवेन्दाले २० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्।

जित नजिक पुगेको केन्यालाई रोक्ने क्रममा दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गरे। उनले ५.३ ओभरमा १२ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै,  सोमपाल कामीले ३, करण केसी र पवन सर्राफले समान १ विकेट लिए।

त्यसअघि कप्तान रोहितकुमार पौडेलले मिडल अर्डरमा उत्कृष्ट इनिङ खेलेपछि ४९.२ ओभरमा अलआउट हुँदै नेपालले २३० रन बनाएको थियो।

कप्तान रोहितले सर्वाधिक ७८ रन बनाउए। उनले पौडेलले ९५ बलमा ७ चौका प्रहार गरे। यस्तै, ओपनिङमा आएका देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बासिर अहमदले १७ र अदिल आलमले १४ रन बनाए।

केन्याका विराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले समान २ विकेट लिए।

प्रकाशित मिति: १९:५३ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्