मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका झा जसपा प्रवेश
काठमाडाैं, भदाै १८ : मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका दीपेन्द्र झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्। शनिबार महोत्तरीमा...
काठमाडाैं, भदाै १८ : मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका दीपेन्द्र झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्। शनिबार महोत्तरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेशका मुख्यमन्त्री लालाबाबु राउत लगायतले झालाई स्वागत गरेका छन्।
महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्नकै लागि झा जसपा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गरेका झाले आफू महोत्तरी क्षेत्र नम्बर ३ बाटै चुनावको तयारी गरिरहेको बताएका छन्।
झाले आजै दिउँसाे पदबाट राजीनामा दिएका थिए।
प्रकाशित मिति: १९:११ बजे, शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











