Kathmandu Press

आगामी निर्वाचनको नतिजापछि एमाले नेतृत्वको सरकार बन्छ : अध्यक्ष ओली

आगामी निर्वाचनको नतिजापछि एमाले नेतृत्वको सरकार बन्छ : अध्यक्ष ओली

इनरूवा, भदाै १८ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन। सुनसरीको दुहबी नगरपालिकामा आज एमाले क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो पार्टीले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गरे।

एक वर्षमा सरकारले विकास निर्माणका आयोजनाहरू कटौती गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका आधारमा सबैलाई बराबरी हक, बराबरी सुरक्षा, बराबरी अवसर, बराबरी सम्मानका आधारमा राष्ट्रिय एकता कायम गरेर एकता प्रबद्ध प्रयासद्वारा नेपाललाई विश्वको नमूना राष्ट्रिय बनाउन सकिने विश्वास व्यक्त गरे। फरक प्रसङ्गमा अध्यक्ष ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताले नहार्ने बताए।

प्रकाशित मिति: १९:०५ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्