आन्तरिक कमीकमजोरीले स्थानीय निर्वाचनमा एमालेले केही सिट गुमाउनुपर्याे : नेम्वाङ
काठमाडाैं, भदाै १८ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पार्टीकै आन्तरिक कमीकमजोरीका कारण स्थानीय निर्वाचनमा केही सिट गुमाउनुपरेको बताएका छन्।शनिबार एमालेको केन्द्रीय सम्पर्क समन्वय...
काठमाडाैं, भदाै १८ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पार्टीकै आन्तरिक कमीकमजोरीका कारण स्थानीय निर्वाचनमा केही सिट गुमाउनुपरेको बताएका छन्।
शनिबार एमालेको केन्द्रीय सम्पर्क समन्वय कमिटीले काठमाडौंमा गरेको कार्यक्रमा उहाले एमालेलाई गठबन्धनले हराएको नभई उम्मेदवार चयन लगाएतका आन्तरिक कमी कमजोरीका कारण सिट गुमाउनुपरेको बताएका हुन्।
उनले आगामी निर्वाचनमा स्थानीय निर्वाचनमा देखिएको कमी कमजोरीलाई सच्चाएर अघि बढ्ने दाबी गरे। नेम्वाङले मंसिर चार गर्ने हुने निर्वाचनमा एमालेले चूनाव जित्ने प्रसस्त आधारहरु रहेको र गठबन्धन भने चूनाव जित्न नसक्ने अवस्थामा रहेको जिकिर गरे।
एमालेले गरेका राम्रा कामका साथै गठबन्धनले देशको हित बिपरित गरेको कामलाई जनताले मूल्याङ्कन गर्ने उनको भनाइ छ।
त्यस्तै नेम्वाङले आगामी निर्वाचनमा एमालेका बिचार जनतामाझ लैजान र पार्टीलाई बहुमतले जिताउने गरि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए।











