२०० कोरोना संक्रमित थपिँदा २ जनाको मृत्यु
काठमाडौं, भदौ १७ : पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर...
काठमाडौं, भदौ १७ : पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परीक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टिजेन परीक्षणका क्रममा १ सय ८ जनामा कोरोना संंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोही अविधमा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने थप ३ सय ३९ जना निको भएका छन्। हाल नेपालमा २ हजार ६ सय ४२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:५० बजे, शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











