Kathmandu Press

माधव नेपाललाई एमालेमै फर्कन सुवास नेम्वाङकाे आग्रह

काठमाडौं, भदौ १८ : एमाले उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एकीकृत समाजवादी (नेकपा एस)का नेता माधवकुमार नेपाललाई एमालेमै फर्कन आग्रह गरेका छन्।एमालेबाट फुटेर गएको...
माधव नेपाललाई एमालेमै फर्कन सुवास नेम्वाङकाे आग्रह

काठमाडौं, भदौ १८ : एमाले उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एकीकृत समाजवादी (नेकपा एस)का नेता माधवकुमार नेपाललाई एमालेमै फर्कन आग्रह गरेका छन्।

एमालेबाट फुटेर गएको नेकपा एस स्थानीय चुनावमा जनताबाट अस्वीकृत भइसकेको बताउँदै उनले नेता नेपाललाई एमालेमै फर्कन आग्रह गरेका हुन्।

एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘जनताले तपाईंहरूको अस्तित्व स्वीकार गरेनन्, विनम्रतापूर्वक र दृढतापूर्वक आग्रह गर्छु, एमालेमा फर्किनुस्।’

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले लोकप्रिय मत हासिल गरेको र पहिलो पार्टी बनेको दाबी उनले गरे। नेम्वाङले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्नुपर्ने भन्दै कार्यकर्तालाई सोहीबमोजिम लाग्न निर्देशन दिए।

एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले पाँच दलीय गठबन्धनको सहारा लिएर पनि स्थानीय तहको चुनावमा ४ प्रतिशत मत पनि ल्याउन नसकेको नेता नेम्वाङको भनाइ थियो।

प्रकाशित मिति: १७:४७ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्