Kathmandu Press

मुगुबाट ऐनबहादुर शाही सर्वसम्मत उम्मेदवार सिफारिस

गमगढी, भदाै १८ : नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ। पार्टीको...
मुगुबाट ऐनबहादुर शाही सर्वसम्मत उम्मेदवार सिफारिस

गमगढी, भदाै १८ : नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ। 

पार्टीको जिल्ला कार्यसमिति बैठकमा शाहीलाई उम्मेदवार बनाउन सहमति भएको पार्टी सचिव लोकेन्द्रबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार जिल्ला कार्य समितिले प्रतिनिधिसभामा समानुपातिकतर्फ खस आर्यबाट पूर्वराज्यमन्त्री हस्तबहादुर मल्ल, महिलातर्फ धनसिला मल्ल, र खुल्लातर्फ मीन भामको नाम उम्मेदवारका रुपमा सिफारिस गरेको छ। 

यस्तै बैठकले कर्णाली प्रदेशसभा ‘क’ का लागि प्रत्यक्षतर्फ खगेन्द्रबहादुर मल्ल, हरिजङ्ग शाही र तिलकबहादुर मल्लको नाम सिफारिस गरेको छ। बैठकले प्रदेश ‘क’ समानुपातिकतर्फ सूर्यदेवी मल्ल, पदम रावल, लक्ष्मी रावत, भीम तिरुवा, च्यावा लामा, फुन्जोक लामा, रमाइली रावल र खुम्मेनी विकको नाम सिफारिस गरेको सचिव मल्लले जानकारी दिए। 

यस्तै प्रदेशसभा ‘ख’ का लागि प्रत्यक्षतर्फ खड्कबहादुर शाही, रतनबहादुर शाही र लेकविक्रम शाह तथा समानुपातिकतर्फ जन्मञ्जय भण्डारी, महेश गिरी, रुपकर्ण शाही, गोमा गिरी र लोकबहादुर शाहीको नाम बैठकले सिफारिस गरेको छ। 

प्रकाशित मिति: १७:२९ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्