Kathmandu Press

गोरखा-२ स्वतः मेरो भागमा पर्छ : बाबुराम

गोरखा, भदौ ८ : नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा गोरखा-२ बाट चुनाव लड्ने संकेत गरेका छन्।शनिबार गृह...
गोरखा-२ स्वतः मेरो भागमा पर्छ : बाबुराम

गोरखा, भदौ ८ : नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा गोरखा-२ बाट चुनाव लड्ने संकेत गरेका छन्।

शनिबार गृह जिल्लामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘गोरखा जिल्ला मेरो पहिलेदेखिकै निर्वाचन क्षेत्र पनि हो। अहिलेसम्म गठबन्धनका दलहरुबीच जसले जहाँबाट जितेको छ त्यहीबाट चुनाव लड्ने भन्ने सहमति पनि छ। त्यसैले गोरखा-२ स्वतः मेरो भागमा पर्छ।’

नेसपाले माओवादी केन्द्रको चुनाव चिह्न लिने सहमति गरेको छ। सोही क्षेत्रबाट माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणि खड्का दाबेदार छन्।  ‘सिफारिस सबै दलले गर्छन्, अन्तिम टुंगो लगाउने केन्द्रले हो। केन्द्रमा हामी तालमेल गरेर जाने सहमति भइसकेको छ,’ उनले भने।

उनले गोरखाको एउटा प्रदेश निर्वाचन क्षेत्रमा पनि आफ्नो पार्टीको दाबी रहने तर यही प्रदेश भनेर टुंगा लाग्न बाँकी रहेको उनले बताए।

प्रकाशित मिति: १७:२३ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्