Kathmandu Press

इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : अध्यक्ष नेपाल

मोरङ, भदाै १८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी...
इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : अध्यक्ष नेपाल

मोरङ, भदाै १८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री नेपालले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए।

गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँट हुने उनले बताए। विगतमा गठबन्धन दलहरुका उम्मेदवारले जितेको सिटका आधारलाई टेकेर बाँडफाँट हुने अध्यक्ष नेपालको धारणा थियो। 

अध्यक्ष नेपालले वर्तमान अवस्थामा गठबन्धन दल मिलेर जानु नै लोकतन्त्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन, सुशासन र मुलुकका लागि फलदायी हुने बताए।

'सिट बाँडफाँटको चाँडै टुंगाे लाग्ने विश्वास छ,' उनले भने। अध्यक्ष नेपालले विगतमा एमालेले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशअनुसार नै वर्तमान सरकारले विधेयक ल्याएकाले यसको विरोध गर्नुको कुनै अर्थ नरहेको प्रस्ट पारे।

प्रकाशित मिति: १६:४३ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्